
Rgp
Rgp1
Pes
Lnp
cjs
Sgr
Ggp
Srbpu
Djs
sbs
pku
Unsku
Gfs
Pbu

Gst
Sbs
Sls
Ssm
Rgs
Ksm
nsb
Tsm
Bbu
Pvg
Bbbpu
Ggd
Asm
Rgu
Rgu
Wsp
Vor
Rsb
Hal

Jmb
Rmb
Rpp
bbt
Abd
Ptm
Syp
Jmb
Pls
sab
Bml
Mks
Gsb
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको हातेमालो वचत तथा क्रण सहकारी संस्थाले आज आधारभूत स्वास्थ्य साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष कुल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रशिक्षकमा मानसिक स्वास्थ्य रोग विशेषज्ञ डा. संजिप पण्डित र स्त्री रोग विशेषज्ञ डा. कृताञ्जली घिमीरे रहनुभएको थियो ।
सञ्चालक समितिका सदस्य क्रषिराम रिजालले कार्यक्रमबारे जानकारी दिदै सामान्य आधारभुत स्वास्थ्य साक्षरताका बारेमा सचेतना फैलाउने उदेश्यले सामाजिक उत्तरदायित्व बहनका लागि कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
त्यसअबसरमा डा. कृताञ्जली घिमीरेले विशेष गरेर महिला प्रजनन्का सम्बन्धमा सुरक्षित मातृत्व, परिवार योजना, गर्भपतनको जटिलता व्यवस्थापन लगाएतका बारेमा प्रशिक्षण दिनुभएको थियो भने डा. संजिप पण्डितले मानसिक स्वास्थ्य समस्या, समस्याका कारणहरु, स्वास्थ्य शेवा प्रणालीमा भेदभाव लगाएतका विषयमा जानकारी गराउनुभएको हो ।
कार्यक्रममा ५५ जना विभिन्न क्षेत्रका महिलाहरुको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष भगवति शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव हरी रिजालले गर्नुभएको थियो ।
