
cjs
Gfs
Srbpu
Unsku
Pes
Djs
Rgp1
Sgr
Rgp
Pbu
sbs
pku
Lnp
Ggp

Gst
Sls
Rgu
nsb
Asm
Wsp
Sbs
Bbu
Vor
Pvg
Hal
Rgu
Rgs
Bbbpu
Ssm
Rsb
Ksm
Ggd
Tsm

Pls
Jmb
Rpp
Mks
Gsb
Syp
Ptm
Rmb
sab
Jmb
bbt
Bml
Abd
दाङ । दाङका प्रमुख जिलला अधिकारी हिरालाल रेग्मीले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले अन्धोपन न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ ।
बिहीबार राप्ती आँखा अस्पतालको निरिक्षण तथा अवलोकन गर्दै प्रजिअ रेग्मीले जनताको सर्वशुलभ सेवामा ध्यान दिन आग्रह गर्नु भयो । आँखा जस्तो सम्वेदनशिल अंगको उपचार राम्रो पाएमा धेरै सर्वसाधारणको भविश्य सुखद हुने भन्दै प्रजिअ रेग्मीले दत्तचित्त भएर सर्वसाधारणको सेवामा खटिन समेत आग्रह गर्नु भएको छ । सवै विशेषज्ञ सेवाहरु रक्षाचौरबाटै दिने व्यवस्थापन गर्न सके आँखाका विरामीहरु उपचारका लागि जिल्ला वाहिर जानुपर्ने वाध्यता अन्त्य हुने उहाँले बताउनु भयो ।
त्यस्तै रेग्मीले अस्पतालको विकासका लागि सवै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनु भयो । त्यसक्रममा उहाँले अस्पतालमा सेवाग्राहीहरुसंग सेवा प्रवाहको बारेमा सोधपुछ समेत गर्नु भएको थियो ।
अबलोकनका क्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थाप समितिका अध्यक्ष कृष्णकुमार गिरीले नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत सञ्चालित अस्पतालले दिदै आएको सेवा तथा संघले अन्धोपन न्यूनिकरणमा खेलेको भूमिकाको बारेमा जानकारी गराउनु भएको थियो । यस्तै हालसम्म करिव ३० लाख विरामीलाई सेवा दिएको र २ लाख बढी मोतियाविन्दुको शल्यक्रिया गरिएको उहाँले बताउनु भयो ।
नेपाल सरकारको स्वास्थ्य नीतिलाई सहयोग पुर्याउन संघले विभिन्न दातृ निकाय,केन्द्र,प्रदेश र स्थानीय सरकार संगको साझेदारीमा अस्पतालको भौतिक विकास र विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गर्दै आइरहेको संघका जिल्ला सचिव सुरेन्द्रबहादुर खड्काले जानकारी दिनु भयो ।
सो अवसरमा राप्ती आँखा अस्पतालका मेसु नेत्रविशेषज्ञ डा. सन्तोष सुवेदी,अस्पतालका प्रशासक किरण पौडेलले अस्पताले दिने सेवा र हाल भइरहेको गतिविधिहरु वारे जानकारी दिनु भएको थियो ।
