
Rsb
Ksb
Ppu
Rks
Tgp
jsb
Nsb
Ksb
Gsb
Bsn
Fmb
Ssb
Ssb
Ksb
Csb
Usb

Ssb
Tsb
Gsb
Hl1
Usb

ptl
Nps
Rgu
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनाल विरुद्ध जनप्रतिनिधिले केहिदिन अगाडि आक्रोश पोख्दै बेथितीलाई पश्रय दिएको र जनप्रतिनिधिलाई दुर्ववहार गरेको भन्दै डिएसपी खनाल विरुद्ध बिरोधमा उत्रिएका जनप्रतिनिधिले सरुवाको समेत माग गरेका थिए ।
कोहलपुरका प्रहरी प्रमुख डिएसपी खनालले आफूमाथि राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष धन कुमारी खत्रीले लगाएको आरोप सबै झुठो रहेको आफू दोषी नरहेको बताएका छन् दुर्घटना भएको ठाँउमा धेरै जनाले भिडियो फोटो पनि खिचेको र पत्रकारहरु समेत उपस्थित रहेको डिएसपी खनालले बताए |
गाउँपालिकाकि उपाध्यक्ष धनी कुमारी खत्रीलाई थुन्ने धम्की दिदै उनिमाथी दुर्ववहार गरेको भन्ने खनालमाथी आरोप लागेको कुरा पनि झुठो रहेको खनालले बताए । दुर्घटनाका पीडितहरुलाइ राज्यको नियम अनुसार अगाडि बढन आफुहरु तयार रहेको र धनी कुमारी खत्रीले राज्यको कानुन बिपरित माग पूरा गर्नुपर्ने बताउदै पीडितहरुलाई आन्दोलन गर्न उकासेको भन्ने कुरा कोहलपुरको प्रहरी स्रोतले बताएको छ ।
प्रहरीहरुबाट जनप्रतिनिधि उपाध्यक्ष खत्रीप्रति कुनै पनि दुर्ववहार नभएको यदि भएको भए कुनै न कुनै मिडियामा भिडीयो सर्बजनिक गर्नुपर्ने हो। भनेर पनि डिएसपी खनालले बताए | दसैको समयमा बाँके शमशेरगञ्जको परुवा खोलामा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको थियो भने अर्का घाइते भएकी थिइन् । सो घटनाको विषयमा बुझ्न जाँदा डिएसपी खनालले आफुमाथी दुर्ववहार गरेका आरोप खत्रीले लगाएकी थिइन । त्यस पछी केही मिडियामा एक तर्फबाट समाचारहरु पनि आएको थियो ।
