सागर थापा बिहिबार, कार्तिक १८, २०७८

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले दाङमा जुवा-तासको खाल लुकिछिपी संचालन भइरहेको बारे दाङ प्रहरीले सुचना संकलन गरिरहेको बताउनु भएको छ । उहाँले सुचना संकलन भइरहेको जुवा-तासको खाल संचालन गर्ने ब्यक्तिहरु पक्राउ पर्ने बताउनुभयो ।

‘जुवा-तासको खाल संचालन गर्नु अपराध हो,केही ठाउँमा छापा हानी सकेका छौं । दाङमा कहाँ-कुन ठाउँमा जुवा-तासको खाल संचालन भइरहेको छ भन्ने बारे हामीलाई सुचना दिनुहोस्, प्रहरीले तुरुन्तै कारबाही गर्छ, हामी हाम्रो तर्फबाट सतर्क भएर चुस्त रुपमा लागिरहेका छौँ, सचेत नागरिकसंग पनि सुचनाको अपेक्षा गर्छौँ, कतै गलत भइरहेको छ भने हामीलाई सम्पर्क गर्नुहोस् काफ्लेले भन्नू भयो ।’

त्यस्तै उहाँले अहिले जुवाडेहरु धेरै चलाख भइसकेको, सानो समुह बनाएर बिभिन्न हतकण्डा अपनाएर जुवा-तास खेल्ने गरेकाले प्रहरी समक्ष सुचना आउन नसकेकाले कहीँ-कतै लुकिछिपी त्यस्ता गतिबिधी भएका छन् भने प्रहरीलाई सहयोग गर्न नागरिकहरुलाई दाङ प्रहरी प्रमुख एसपी काफ्लेले आग्रह गर्नु छ ।

यस्तै एसपी काफ्ले जुवा-तासको केसमा प्रहरीलाई समेत बिबादमा ल्याउने धेरै जुवाडेहरुको प्रयास हुने भएकाले पुख्ता-तथ्यगत सुचना संकल भइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रहरीलाई सहयोग र साथ दिनुहोस्, तँपाइको छेउँ-छाउँमा कहीँ कतै कुनै अपराधिक प्रवृत्ति बढी रहेको छ वा त्यस्ता मनोवृत्तिका मानिसहरु देख्नुहुन्छ भने प्रहरीलाई संपर्क गर्नुहोस्, सिधै मलाई संपर्क गर्नुहोस् ।’उहाँले नागरिक पनि आफैमा प्रहरी हुने गरेकाले नागरिक-प्रहरी साझेदारी गर्दै अपराध निर्मुल गर्ने दिशामा हात मिलाएर अगाडि बढ्नुपर्नेमा दाङ प्रहरी प्रमुख एसपी काफ्लेले जोड दिनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]