
Ksb
Rsb
Ppu
Ssb
Ssb
Rks
Nsb
Bsn
Ksb
Csb
Ksb
jsb
Gsb
Tgp
Usb
Fmb

Ssb
Usb
Tsb
Hl1
Gsb

Nps
Rgu
ptl
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० चईलाईमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा तुलसीपुर १० बनगैका निवासी ३५ बर्षिय कैलास भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन। दुर्घटना बुधबार राती पौने १० बजे तिर भएको प्रहरी बताएको छ।
त्यस्तै तुलसीपुर आउदै गरेको रा ४ प ६०५८ नं.को मोटरसाइकलमा तीन जना सवार रहेको प्रहरीले बताएको छ। दुर्घटनामा घाइते भएका लिलाधर खड्कालाई थप उपचार गर्न कोहलपुर लगिएको छ भने अर्को एक जना बिमल शर्मा प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ। घाईते खड्काको कानमा चोट रहेको छ।
यस्तै दुर्घटना गम्भीर घाइते भएका भण्डारीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको हो। मृतक भण्डारीको शव पोस्टमाटमको लागि अस्पतालको शव गृहमा राखिएको प्रहरी जनाएको छ ।
