
Usbl-7
Csbg-7
Jsbr-3
Rksr-7
Jsbg-7
Msbg-2
Gsbg-3
Pbu
Gsbr-6
ksbl-7


दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कुलपानी सामुदायिक वन उपभोक्ता समूहले कुलपानी हरित पार्कको प्रवर्द्धन गर्न नेपाल पत्रकार महासंघ दाङ शाखाको सहकार्यमा मंगलबार अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माको अध्यक्षता एवं लुम्बिनी प्रदेश स्वास्थ्य,जनसंख्या तथा परिवारकल्याण मन्त्री इन्द्रजीत थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि थारुले पार्क क्षेत्रमा पूर्वाधार थप गर्दै पार्कको प्रवर्द्धन गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशको स्थायी राजधानीभित्र पर्ने पर्यटकीय गन्तव्यको विकासका लागि गुरुयोजनाले समेटिने थारुले बताउनु भयो ।
यस्तै नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले पार्क क्षेत्रको विकासका लागि सरकारी निकायबाट बजेट व्यवस्थापन हुनुपर्ने बताउनु भएको छ ।संविधानसभा सदस्य रश्मीराज नेपालीले कुलपानी सामुदायिक वनभित्र रहेको हरित पार्कले पर्यटक भित्र्याउन ठूलो भूमिका खेलेको तर सरकारी निकायले ध्यानमा नराख्दा पूर्वाधार विकासमा समस्या परेको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसी, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष महेश रिजाल,जनसेवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्र पुरी,समाजसेवी राजितराम यादव लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । विष्णुमाया बसेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन केशव पौडेलले गर्नु भएको थियो । सो कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवारकल्याण मन्त्री इन्द्रजीत थारु, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसीसहित प्रदेश समितिमा निर्वाचित पदाधिकारी, जिल्ला शाखाका पदाधिकारी तथा सदस्य लगायतकालाई सम्मान गरिएको थियो ।
