Sidha Patra बुधबार, कार्तिक १७, २०७८

दाङ । दाङमा यात्रुबाहक बस र टिप्पर एक आपसमा ठोकीदा ६ जना घाईते भएका छन् । घोराहीबाट लमही जाँदै गरेको रा १ ख २५५३ नम्बरको टिप्पर र लमहीबाट घोराही आँउदै गरेको रा १ ख २११९ नम्बरको यात्रु बस घोराही उपमहानगरपालिका वडा नम्बर ३ चिसापानीमा ठोकीदा चालक सहित ६ जना घाईते भएका हुन् ।

त्यस्तै घाईते हुनेहरुमा टिप्पर चालक घोराही उपमहानगरपालिका ३ झिङ्नीका ३५ बर्षिय पुरण चौधरी,बसका चालक लमही नगरपालिका ९ का ३२ बर्षिय शिव चौधरी,बंगलाचुली १ का ५२ बर्षिय नन्दबहादुर बिक, सोहि ठाउँका ३२ बर्षिय धनिराम हमाल,गढवा ३ की २१ बर्षिया अस्मीता घर्ती, राजपुर ७ की २४ बर्षिया अमृता बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा घाईते हुनेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही र लमहीको फ्लोरेन्स अस्पतालमा उपचार भईरहेको छ । घाईते मध्ये दुबैजना चालकको अवस्था गम्भिर रहेको बताईएको छ । अन्य यात्रु भने सामान्य घाईते भएका छन् ।

यस्तै लमहीबाट आउदै गरेको बसलाई घोराहीदेखि माटो लिएर लमही तर्फ जाँदै गरेको टिप्परले ठक्कर दिएको थियो । बसलाई ठक्कर दिएर नियन्त्रण गुमाएको टिप्पर करिब पचास मिटर पर गएर पल्टिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]