मेगमन बुढा शनिबार, आश्विन २३, २०७८

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा गएराती ७७ वर्षीय मिनबहादुर केसीको घर-गोठमा आगलागी भएको छ ।

राति १२ बजेतिर केसीको घरमा एक्कासि पातेशन गरिएको घर-गोठमा गाई,बाख्रा बाधेको स्थानदेखि आगो दनकेको देखिएको थियोे । छिमेकी गाउँदेखि झन्डै ३/४ सय मिटर टाढा खोलाको किनारमा सो घर रहेको जनता मावि कालाकाटेका शिक्षक भानु जिएमले जानकारी दिनु भयो ।

त्यस्तै केसीको उक्त पातेशन गरिएको घर-गोठमा रहेको एक तोलाको सुन,अन्दाजी १५/१६ केजीको बोका,एउटा बाछी,भरखरै बुझेको वृद्धभत्ता १६ हजार,घरमा रहेको अन्नपात,लत्ताकपडा,भाडाकुडा, काठ सबै जलेर नस्ट हुँदा ६ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भएको छ ।

केसीको घरमा आफ्नो पाहुना नाति,नातिनीहरु शुक्रबार साझ आएका थिए । खानपिन गरेर सबै सुति सकेको अबस्थामा एक्कासि १२ बजेतिर आगो दनकेको देखियो । त्यस समयमा छिमेकी पनि टाढा थिए । केसीले कराउँदै गुहार मागे समयमा को आउन सक्थ्यो र पछि यताउता गर्दागर्दै प्रहरी कहाँसम्म खबर पुगे छ,तर त्यतिबेला केसीको घर-गोठ सबै जलेर नस्ट भैसकेको थियो ।

रातिको समय भएको हुँदा प्रहरीले केसीका परिवारलाई बासको व्यवस्था मिलाएर प्रहरी कालाकाटे चौकी तिर फर्कियो । भोलि पल्ट आज शनिबार बिहान क्षति भएको आधारमा मुचुल्का बनाएको प्रहरीले जनाएको छ ।

त्यस्तै उता वडा अध्यक्ष बाबुराम अधिकारीले तत्काल पीडितलाई सहयोगको लागि गाउँमा राहत संकलन भैरहेको जानकारी दिनु भएको छ । उहाँको घरमा के कसरी आगलागी भयो भन्ने विषयमा जानकारी छैन अधिकारीले भन्नू भयो । गाउँपालिकाको प्रवक्ता समेत रहनु भएका अधिकारीले गाउँपालिका भित्रमा कुनै बिपद पर्दा सहयोग गर्नको लागि गाउँपालिकाले बिपद कोष खडा गरेको छ । हामी सोही कोषद्वारा उहाँलाई तत्काल निर्णय गरेर सहयोग राहत उपलब्ध गराउछौं अध्यक्ष अधिकारीले सिधा-पत्रलाई जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]