
Lnp
Rmb
Pes
Gfs
Sds
Sgr
Rgp
Gis
Djs
Pbu
Srbpu
Ggp
Rgp
Rgp1
Cps
sbs
Unsku
pku
cjs

Ksm
Rgu
Ggd
Pvg
Wsp
Rsb
Rgs
Asm
Bbbpu
Gst
Sbs
Tsm
Hal
nsb
Rgu
Sls
Vor
Bbu
Ssm

Pls
Ptm
Abd
Jmb
Syp
Gsb
Mks
Rpp
Jmb
Bml
Rmb
bbt
sab
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा गएराती ७७ वर्षीय मिनबहादुर केसीको घर-गोठमा आगलागी भएको छ ।
राति १२ बजेतिर केसीको घरमा एक्कासि पातेशन गरिएको घर-गोठमा गाई,बाख्रा बाधेको स्थानदेखि आगो दनकेको देखिएको थियोे ।
छिमेकी गाउँदेखि झन्डै ३/४ सय मिटर टाढा खोलाको किनारमा सो घर रहेको जनता मावि कालाकाटेका शिक्षक भानु जिएमले जानकारी दिनु भयो ।
त्यस्तै केसीको उक्त पातेशन गरिएको घर-गोठमा रहेको एक तोलाको सुन,अन्दाजी १५/१६ केजीको बोका,एउटा बाछी,भरखरै बुझेको वृद्धभत्ता १६ हजार,घरमा रहेको अन्नपात,लत्ताकपडा,भाडाकुडा, काठ सबै जलेर नस्ट हुँदा ६ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भएको छ ।
केसीको घरमा आफ्नो पाहुना नाति,नातिनीहरु शुक्रबार साझ आएका थिए । खानपिन गरेर सबै सुति सकेको अबस्थामा एक्कासि १२ बजेतिर आगो दनकेको देखियो । त्यस समयमा छिमेकी पनि टाढा थिए ।
केसीले कराउँदै गुहार मागे समयमा को आउन सक्थ्यो र पछि यताउता गर्दागर्दै प्रहरी कहाँसम्म खबर पुगे छ,तर त्यतिबेला केसीको घर-गोठ सबै जलेर नस्ट भैसकेको थियो ।
रातिको समय भएको हुँदा प्रहरीले केसीका परिवारलाई बासको व्यवस्था मिलाएर प्रहरी कालाकाटे चौकी तिर फर्कियो । भोलि पल्ट आज शनिबार बिहान क्षति भएको आधारमा मुचुल्का बनाएको प्रहरीले जनाएको छ ।
त्यस्तै उता वडा अध्यक्ष बाबुराम अधिकारीले तत्काल पीडितलाई सहयोगको लागि गाउँमा राहत संकलन भैरहेको जानकारी दिनु भएको छ । उहाँको घरमा के कसरी आगलागी भयो भन्ने विषयमा जानकारी छैन अधिकारीले भन्नू भयो । गाउँपालिकाको प्रवक्ता समेत रहनु भएका अधिकारीले गाउँपालिका भित्रमा कुनै बिपद पर्दा सहयोग गर्नको लागि गाउँपालिकाले बिपद कोष खडा गरेको छ । हामी सोही कोषद्वारा उहाँलाई तत्काल निर्णय गरेर सहयोग राहत उपलब्ध गराउछौं अध्यक्ष अधिकारीले सिधा-पत्रलाई जानकारी दिनु भयो ।
