
lnp
Dus
Rgp
Jns
Usb
Ggp
Rgp
Lks
Dbs
Asb
Ggp
Lnp
Sgp
Rgp
Rgp
Pbu
ksb


दाङ । देउखुरी उद्योग बाणिज्य संघ लमहीले लमही बजारमा गुडिरहेका ठेला लाई ब्यबस्थापन गर्न पहल सुरु गरेको छ ।
संघका अध्यक्ष खगेश्वर खनालको नेतृत्वमा आईतवार बजार ब्यबस्थापनका लागि हिडेको टोलीले स्थलगत अनुगमन एवम् निरीक्षण गर्दै ठेला व्यवस्थापन टहरा हटाउन निर्देशन गरेको हो । हाल लमही बजारमा नाला बाहिर सामान राखि व्यापार व्यावसायि र बजारमा ठेला दौडिदै ब्यापार गरिरहेको देख्न सकिन्छ । नालाभन्दा बाहिर अस्थायी रुपमा ब्यापार संचालन गरिएको कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखि लिएर बजार कुरुप बनेपछि देउखुरी उद्योग बाणिज्य संघ लमहीले यसलाई रोक्ने प्रक्रिया शुरु गरेको अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो ।
त्यस्तै उपभोक्ताको चहलपहल बजारमा वढ्दै जाँदा सडक साँघुरो हुने गरी गरिएका सडक व्यापारले उपभोक्तालाई असर गरेको छ, संघका महासचिव लेखराज केसि (बसन्त)ले भन्नू भयो । यस्तै हामी बजार ब्यबस्थापन कसरी गर्ने भन्ने चिन्तामा छौ – ब्यापारीलाई आफ्नो सामान नाला भन्दा भित्र राख्न अनुरोध गरेका छौं,बजारलाई कुरुप बनाउन खोज्नु भएन भन्दै व्यापारीलाई सुझाव दिदै हिडेको बताउनु भयो । व्यवसायीहरुले आफूहरुको उचित व्यवस्थापन हुनुपर्ने माग राखेका छन् । बजारमा धेरै ब्यापारीको भनाइ पनि बजार ब्यबस्थापन होस भन्ने नै रहिआएको छ । नगरपालिकाले छलफल नै नगरी केही महिना अगाडि सूचना नै ननिकाली टहरा हटाउन गरेको निणर्यले आफूहरुको रोजीरोटी गुम्ने स्थानीय व्यापारीहरुले बताउछन् । त्यतीमात्रै नभइ नगरपालिकाले आफुखुसि आफूहरुको टहर हटाएर व्यवसाय बन्द गर्ने हो भने झन्डै एक हजारजनाको दैनिकी नै संकटमा पर्ने भन्दै दुखेसो पोखे । देउखुरी उद्योग बाणिज्य संघ लमहीले व्यवस्थित गरे आफूहरु राज्यको नियम अनुसार व्यवसाय गर्न तयार रहेको व्यापारी बताउछन् ।
