
Lnp
Pes
Sgr
Rgp
Srbpu
Gfs
pku
Rgp1
Unsku
Pbu
cjs
sbs
Djs
Ggp

Pvg
nsb
Rgs
Sbs
Bbu
Wsp
Vor
Rsb
Tsm
Hal
Gst
Bbbpu
Sls
Rgu
Ssm
Asm
Ggd
Rgu
Ksm

Bml
bbt
Pls
Rmb
Mks
Rpp
Jmb
Abd
Ptm
Gsb
sab
Jmb
Syp
दाङ । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले लमहीमा अक्सिजन प्लान्ट स्थापना गर्न सरकारी र नीजि दुबै क्षेत्रको सहकार्यमा अघी बढ्नुपर्ने धारणा राखेका छन् ।‘अक्सिजन प्लान्ट स्थापना गर्न बजेटको अभाव छैन । तर, सबै निकायको विचमा सहकार्य गरेर उत्तम विकल्पको खोजी गर्न आवश्यक छ’उनले भने–‘प्राविधिक दृष्टिकोणले पनि अध्ययन गरेर ठोस योजना अघी ल्याउन जरुरी छ ।’
लमहीमा अक्सिजन प्लान्ट स्थापनाको बिषयमा गृहकार्य सुरु भएको छ । लमही नगरपालिकामा चेम्बर अफ कमर्सले शुक्रबार अक्सिजन प्लान्ट स्थापनाको बिषयमा छलफल राखेको हो । छलफलमा तत्काल देउखुरी क्षेत्रका बिरामीलाई पुग्ने अक्सिजन उत्पादन गर्न प्लान्ट जडान गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । यसका लागी विस्तृत छलफल गरेर कार्यान्वयनमा लगिने भएको हो ।
चेम्बर अफ कमर्स लमहीका अध्यक्ष अजय न्यौपानको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको छलफलमा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले अक्सिजन प्लान्ट स्थापना गर्न नगरपालिकाले ५० प्रतिशत अनुदान दिने घोषणा गरे । ‘जती सक्छौं छिटो हामीलाई अक्सिजन प्लान्टको जरुरी छ’उनले भने–‘अहिले अक्सिजन रिफिल गर्न अनेत्र जानुपर्ने बाध्यता छ । अक्सिजन अभावको समस्या समाधान गर्न प्लान्ट जरुरी छ ।’
त्यस्तै छलफलमा लमही नगरपालिकाका उप–प्रमुख देवका बेल्वासेले कोरोना भाइरसको संक्रमणबाट सिकिस्त परेका बिरामीलाई अक्सिजन पुर्याउन समस्या परिरहेकाले अक्सिजन प्लान्ट भएमा त्यो समस्या समाधान हुने बताइन् । छलफलमा रानीतिक दलका प्रतिनिधिहरुले समेत भाग लिएका थिए । उनीहरुले अक्सिजन प्लान्ट निर्माण गरेर मानिसको जीवनरक्षा पहिलो सवाल भएको बताएका छन् । नेकपा एमालेका क्षेत्रिय ईञ्चार्ज नारायण डिसीले अक्सिजन प्लान्ट निर्माणको लागी सहकार्य गर्न तयार रहेको बताए । यस्तै लुम्बिनी प्रदेश संगठन कमिटिका सदस्य रतनकुमार केसीले अहिलेको तत्काल सवाल मानिसको जीवन बचाउने रहेकाले जसरी हुन्छ तत्काल प्लान्ट निर्माणमा ध्यान दिन आग्रह गरे । नेपाली कांग्रेसका नेता कर्णबहादुर बुढाथोकी,नेकपा माओवादी केन्द्र बसन्तराज शर्मा(बिक्रान्त), राष्ट्रिय जनमोर्चाका दिलिपराज खनाल लगायत चेम्बर अफ कमर्सका प्रतिनिधिहरुले छलफलमा भाग लिएका थिए ।
