
Bsn
Gsb
Rsb
Ksb
Nsb
Ssb
Usb
Ksb
Csb
Rks
Ksb
Tgp
Ppu
Ssb

Gsb
Hl1
Usb
Tsb
Ssb

ptl
Rgu
Nps
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ का ४५ वर्षिय पुरुषको कोरोना भाइरसले मृत्यु भएको छ । उनीमा केहि दिन यता उच्च ज्वरो, घाँटी दुख्ने समस्या रहेको थियो ।
त्यस्तै बिहीबार उनलाई एक्कासि श्वासप्रश्वासमा ठुलो समस्या देखिए पछि लमही अस्पतालमा लगिएको थियो । लमही अस्पताल ल्याएको केही समय पछि ती पुरुषको मृत्यु भएको लमही अस्पताल प्रशासनले जानकारी दिएको हो ।
उनको मृत्यु पछि एन्टिजेन परिक्षणमा रिपोर्ट पोजेटिभ आएको छ । यस्तै उनको शबलाई स्वास्थ्य मापदण्ड पूरा गरेर अन्तिम सस्कार गर्नको लागि घरपरिवारलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।
