
cjs
Sgr
Rgp
Lnp
pku
Pes
Djs
Rgp1
sbs
Srbpu
Unsku
Gfs
Pbu
Ggp

nsb
Rgs
Pvg
Vor
Tsm
Ksm
Rgu
Rgu
Ggd
Bbu
Rsb
Wsp
Gst
Asm
Sbs
Sls
Hal
Ssm
Bbbpu

Mks
bbt
Jmb
Ptm
Syp
Rpp
Rmb
sab
Abd
Bml
Jmb
Gsb
Pls
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ८ मुसिनाका निवासी ५५ वर्षीय सुरेश बुढा मगर लामो समय देखि आँखाको बिरामी छन् । उपचारका लागि कहिले भारत त कहिले नेपालका बिभिन्न अस्पताल पुगे तर कुनै पनि अस्पतालमा गतिलो उपचार हुन् सकेन । उनी निरास भएर हिजो आज घरै बसिरहेका छन् । कोइलाबासमा आँखाको उपचार हुने अस्पताल खुल्दै छ रे भन्ने सुनेर उनी पनि शनिवार त्यहाँ पुगेका थिए । उनी खुशी र आशाबादी देखिएका छन, किनकि उनका आँखाको राम्रो उपचार हुने आसमा छन् ।
त्यस्तै कोइलाबासका धेरै जसो स्थानीयको मुहारमा चमक देखिएको छ । आर्थिक अवस्था कम्जोर हुँदा उपचार नपाएर घरमै बसेकाहरुले पनि अब निःशुल्क उपचार पाउने भएका छन् । खबरी नाकाका स्थानीय दिलमाया गुरुङ पनि निकै खुशी भएकी छिन । उपचार नपाएर आँखाका ज्योति गुमाउन पुगेका उदाहरण प्रशस्तै भएको बताउदै गुरुङ भन्छिन “अबका दिनमा उपचार नपाएर कसैले पनि आँखाको ज्योति गुमाउन नपरोस” ।
यस्तै दाङको नाका क्षेत्र कोइलाबासमा शनिवार आँखा उपचार केन्द्रको उद्घाटन भएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले केन्द्रको उद्घाटन गरेका हुन् । केन्द्रको उद्घाटन गर्दै अध्यक्ष यादवले आँखा उपचार केन्द्रलाई ठुलो अस्पतालका रुपमा विकास गर्न सकिने बताए । खण्डहर बनेको कोइलाबासलाई व्यवस्थित गर्न अति आवश्यक भएको बताउदै त्यहाँको सडक बाटो, भन्सार कार्यालय लगायत थुप्रै आधारहरु भएका कारण सबैको सहयोगले कोइलाबासलाई फेरी पुरानै अवस्थामा फर्काउन सकिने बताए ।
त्यस्तै कोइलाबासमा खानेपानीको समस्यालाई छिट्टै समाधान गर्ने अध्यक्ष यादवले बताए । नेपाल नेत्रज्योती संघ दाङ्गका सभापति कृष्ण कुमार गिरीले समस्यै समस्याले ग्रसित बनेको कोइलाबास पछिल्लो समयमा व्यवस्थित हुँदै गएको प्रति खुशी व्यक्त गरे । भारतको सितापुर पुगेर आँखाको उपचार गराउने गरेको स्मरण गर्दै अब त्यो समस्याबाट कोइलाबासबासी मुक्त भएको बताए ।
संघका लुम्बिनी प्रदेश कोषाध्यक्ष लिला शाहले साप्ताहिक रुपमा सेवा दिंदै आएको लमही आँखा अस्पतालले अब प्रत्येक दिन ओपिडी सेवा दिन लागेको बताउदै यो सेवा निरन्तर रहनु पर्नेमा जोड दिईन । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कोइलाबासका प्रहरी निरीक्षक माधब ढुंगेलले कोइलाबासमा भर्खरै स्थापना भएको आँखा उपचार केन्द्रलाई अत्याधुनिक उपकरणहरु जडान गरेर राम्रो सेवा सुबिधा दिन सके भारतीय आँखाका बिरामी पनि सेवा लिन आउन सक्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुको पहलमा लुम्बिनी प्रदेशबाट कोइलाबासमा आँखा उपचार केन्द्र निर्माणका लागि ३५ लाख बजेट बिनियोजन भएको थियो, उक्त बजेटको टेन्डर प्रक्रियामा जाँदा घटेर २६ लाखमा लमहीको प्रकाश कन्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा लिएको थियो । प्रदेशको बजेटबाट अधुरो रहेको कामलाई गढवा गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालय र लमही आँखा अस्पतालको संयुक्त सहयोगमा निर्माण गर्न बाँकी रहेको काम गरिएको होे ।
नेपाल नेत्रज्योती संघ दाङ्गका सचिव शुरेन्द्र कुमार खड्काका अनुशार उक्त उपचार केन्द्रले तत्कालका लागि ओपिडी सेवा प्रदान गर्ने, एक जना नेत्र सहायक सहित तिन जना कर्मचारी रहने छन । सेवाग्राहीको संख्या बढ्दै गयो भने आवश्यकता अनुशार कर्मचारी थप्न सकिने सचिव खड्काले बताए ।
गढवा गाउँ पालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकीको अध्यक्षता तथा गढवा गाउँ पालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा गढवा गाउँ पालिका वडा नम्बर ८ का नेपाली कांग्रेस इकाई सभापति अब्दुल कुदुश सिद्दिकी लगायतले सुभ कामना व्यक्त गरेका थिए । संघका सहकोषाध्यक्ष घनश्याम सुबेदीको स्वागत मन्तब्य रहेको उद्घाटन कार्यक्रमको सहजीकरण नेपाल नेत्रज्योति संघ छन्द कालेबाबू बहादुर गंजका प्रशासन अधिकृत जसराज विश्वकर्माले गरेका थिए ।
