
Rgp
Ggp
Pes
Unsku
pku
Lnp
cjs
Pbu
Srbpu
Djs
Rgp1
Gfs
sbs
Sgr

Bbu
Hal
Rgu
nsb
Vor
Ggd
Wsp
Ssm
Sls
Asm
Sbs
Rsb
Bbbpu
Tsm
Ksm
Gst
Rgu
Rgs
Pvg

Ptm
Syp
Bml
Rpp
sab
Rmb
Gsb
bbt
Jmb
Pls
Jmb
Mks
Abd
एजेन्सी । भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को सङ्क्रमित संख्या तीन लाख १४ हजार ८३५ जना थपिएपछि कुल सङ्क्रमितको संख्या एक करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ ।
सोही अवधीमा भारतमा कोरोनाबाट २ हजार १०४ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख ८४ हजार ६५७ जना पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण शुरु भएयता एकै दिनमा ३ लाख भन्दा बढी व्यक्ति सङ्क्रमित भएका यो पहिलो पटक हो ।
त्यस्तै कोरोना माहामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपी संयुक्त राज्य अमेरिकामा गत जनवरी महिनामा एकै दिन तीन लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए ।
यस्तै भारतमा बुधबारुसम्म सक्रिय सङ्क्रमितको संख्या २२ लाख ९१ हजार ४२८ रहेको छ । यहाँ हालसमम एक करोड ३४ लाख ५४ हजार ८८० व्यक्ति कोरोना मुक्त भएका छन् ।भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड २३ लाख ३० हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।
त्यस्तै भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।
भारतमा बुधबार मात्रै १६ लाख ३९ हजार ३५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको हो । यस्तै अप्रिल २१ सम्म कूल २७ करोड २० लाख भन्दा बढीले कोरोना परीक्षण गरिसकेको परिषद्ले उल्लेख गरेको छ ।
यस्तै भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा मङ्गलबार एकै दिनमा २८ हजार ३९५ जना कोरोना भाइरस सङ्क्रमित भएका २७७ जनाको मृत्यु भएको छ । भारतको दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार ६३८ जनाको मृत्यु भइसकेको छ । साभार न्युज २४ नेपाल ।
