
Ggp
Lnp
Sdc
Rgp
Ksbus
Ggp
Msbus
Asbus
Ksbus


काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बुधबार आएको बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार बुधबारको बाढीका कारण ५४७ शव फेला परेको हो । रसुवामा १३,नुवाकोटमा ३८,धादिङमा ४०, गोरखामा ४४,नवलपुरमा १३४,नवलपरासीमा २८, तनहुँमा २९ र सबैभन्दा बढी २२१ शव चितवनमा भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणका अनुसार ९७७ जना सम्पर्क विहिन छन् ।
त्यस्तै,प्रहरीका २८,सेनाका ४५,शसस्त्र प्रहरीका १३,भन्सार कार्यालयका १५,अध्यागमन कार्यालयका ४,रसुवा र नुवाकोटबाट १६२ जना सम्पर्क विहिन भएको प्राधीकरणले जानकारी गराएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको छ ।
