
Sdc
Ksbus
Ksbus
Msbus
Ggp
Ggp
Lnp
Rgp
Asbus


काठमाडौं । भोटेकोशी बाढी तथा पहिरोमा नेपाल र चीनतर्फ गरी ४९४ जनाको मृत्यु भएको छ । नेपालतर्फ ४८९ जनाको शव फेला परेको छ भने चीनको सिजाङतर्फ पाँच जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यस्तै,चीनको गाइरोङ काउन्टीस्थित सीमा बन्दरगाहमा पहिरोपछि ५५८ जना अझै बेपत्ता छन् । नेपालमा पनि ५१७ विदेशीसहित ९७७ जना अझै सम्पर्कविहीन रहेको अधिकारीहरूले बताएका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनतर्फ बेपत्ता ५५८ जनामध्ये २६० जना विदेशी नागरिक हुन् ।
नेपालमा सम्पर्कविहीन ९७७ र चीनमा बेपत्ता ५५८ गरी कुल एक हजार ५३५ जना प्रभावितको अवस्था अझै अज्ञात रहेको छ । लगातारको वर्षा, नदी थुनिएर बनेको ताल र थप पहिरोको जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।नागरिक
