Sidha Patra शुक्रबार, भाद्र १२, २०८३

काठमाडौं । रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनको लागि नेपाली सेनाले खोज तथा उद्धारको कार्य तीव्र बनाएको छ ।

शव संकलन तथा बेपत्ताको खोजीमा ढिलाइ भएको भन्दै गुनासो आएको भन्दै सेनाले विशेष टोली परिचालन गरी नदी तथा तटीय क्षेत्रमा धमाधम खोजी र शव संकलन गरिरहेको जनाएको छ । बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवको खोजी तथा संकलनका लागि रसुवादेखि चितवन सम्मको नदी तटीय क्षेत्रमा आज थप १ हजार २ सय सैनिक परिचालन गरिएको छ ।

त्यस्तै,सेनाले बाढी प्रभावित क्षेत्रको साथै त्रिशूली र नारायणी नदी किनारका स्थानमा टोलीगत रुपमा सैनिक खटाएर शव खोजी तथा संकलनलाई उच्च प्राथमिकता दिएको छ । साथै प्रभावित नागरिकको उद्धार,राहत वितरण तथा अस्थायी व्यवस्थापनका लागि नेपाली सेनाका १ हजार ६ सय जनशक्ति परिचालन गरिएको थियो ।

यस्तै,आज थप १ हजार २ सय सैनिक परिचालन भएसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा तल्लो तटीय इलाकामा उद्धार,राहत र शव संकलनका लागि परिचालित नेपाली सेनाको कुल जनशक्ति २ हजार ८ सय पुगेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]