
Asbus
Rgp
Ggp
Lnp
Sdc
Msbus
Ksbus
Ksbus
Ggp


दाङ । भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोमा परी हालसम्म दाङको राप्ती गाउँपालिकाका चार जना सम्पर्कविहीन भएका छन् । उनिहरुको खोजी तथा उद्धारका लागि जनप्रतिनिधिले सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल अघि बढाएका छन् ।
सम्पर्कविहीन हुनेमा राप्ती गाउँपालिका–३ बसन्तपुर निवासी २४ वर्षीय सर्वेस चौधरी, वडा नं. ४ मौरीघाट निवासी ४५ वर्षीय रामबहादुर चौधरी र २२ वर्षीय सिजन चौधरी तथा वडा नं. ६ बगरापुर निवासी २२ वर्षीय अनिल चौधरी रहेका छन् ।
सम्पर्कविहीन नागरिकहरुको अवस्थाबारे जानकारी लिन तथा परिवारलाई भेटेर आवश्यक समन्वय गर्न शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहितको जनप्रतिनिधिको टोली उनिहरुको घरमा पुगेका थिए । टोलीमा वडा नं. ४ का वडा अध्यक्ष वीरबहादुर चौधरी,वडा नं. ६ का वडा अध्यक्ष दीपक कुमार चौधरी,कार्यपालिका सदस्य रणबहादुर पुजाली तथा वडा सदस्य रोशन चौधरी र शान्तप्रसाद चौधरी सहभागी थिए ।
भेटघाटका क्रममा अध्यक्ष विष्टसहित जनप्रतिनिधिहरुले परिवारसँग सम्पर्कविहीन व्यक्तिहरुको अवस्थाबारे जानकारी लिएका थिए । विपदको यस दुःखद अवस्थामा परिवारलाई धैर्य धारण गर्न आग्रह गर्दै उनिहरुको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको जानकारी गराएका थिए ।
सम्पर्कविहीन नागरिकहरुको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको र प्राप्त सूचनाका आधारमा खोजी कार्यलाई प्रभावकारी बनाउन पहल भइरहेको अध्यक्ष विष्टले बताएका छन् ।
त्यस्तै,भोटेकोशीमा आएको भीषण बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा राप्ती गाउँपालिकाले प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकहरुको अवस्था बुझ्ने,खोजी तथा उद्धारमा सहयोग गर्ने र आवश्यक समन्वयका लागि पहललाई निरन्तरता बढाएका छन् ।
