Sidha Patra मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् ।

देउवाको वारेस भएर काङ्ग्रेस नेता दीपक खड्का र खड्काको वारेस भएर अधिवक्ता श्रवणकुमारले सोमबार महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूरक निवेदन पेस गरेका थिए ।

निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । देउवा र खड्काको निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा सुरु गरेको महाधिवेशनको प्रक्रिया रोक्न माग गरिएको छ । रिटको सुनुवाइ ११ गतेका लागि तोकिएको सर्वोच्चका प्रवक्ता कोइरालाले जानकारी दिए ।

त्यस्तै,काङ्ग्रेसको आधिकारिकता र नेतृत्व अद्यावधिकको विवादमा सर्वोच्च अदालतले सुरुबाटै सुनुवाइ गर्ने अनुमति दिएको छ । सर्वोच्चले सुरुबाटै सुनुवाइ गर्ने अनुमति दिएपछि पनि एकलौटी महाधिवेशनको प्रक्रिया सुरु गरेको भन्दै इतर समूहले त्यो प्रक्रिया रोक्न सर्वोच्चमा सोमबार रिट दायर गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]