
Rgp
Msbus
Ksbus
Ggp
Sdc
Ggp
Ksbus
Lnp
Asbus


दाङ । जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ । सरकारले भ्याक्सिनको व्यवस्थापन गरेपछि करिव रोकथाम नै भएको जापानिज इन्सेफ्लाइटिस अघिल्लो वर्षदेखि दाङमा पुनः देखिन थालेको हो । रोगको संक्रमण निकै कम छ तर यसको मृत्यु दर भने उच्च रहेको पाइएको छ ।
अघिल्लो वर्ष र यस वर्षको साउनयता सात जना विरामी भेटिएका छन् तर सातमध्ये दुईजना विरामीको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । चालु आर्थिक वर्षकै पहिलो महिना साउनमा जापानिज इन्सेफ्लाइटिसका कारण दाङमा एक जनाको मृत्यु भएको छ ।
गत साउन १७ गते गढवा गाउँपालिका–५ की ५२ वर्षीया एक महिलाको इन्सेफ्लाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन कमल चन्दले जानकारी दिए । चालु वर्षमा दाङमा तीनजना विरामी फेला परेका हुन् । ती मध्ये एक महिलाको मृत्यु भसकेको छ भने एक बालकसहित अरु दुईजना उपचारपछि घर फर्किएका छन् ।
फोकलपर्सन चन्दका अनुसार लमही नगरपालिका–३ का ९ वर्षीय बालक निको भइसकेका छन् भने राप्ती गाउँपालिका–३ का ३१ वर्षीय अर्का पुरुषको स्वास्थ्य भने उपचारपछि घर फर्किए पनि क्रमशः सुधारोन्मुख अवस्थामा रहेको छ । गत वर्ष चारजनामा जापानिज इन्सेफ्लाइटिस संक्रमण हुँदा एकजना पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । यस वर्ष तीनजना संक्रमित हुँदा एक जनाको मृत्यु भइसकेको फोकलपर्सन चन्दले बताए । उनका अनुसार जापानिज इन्सेफ्लाइटिसको मृत्यु दर उच्च छ ।
