
Msbus
Ksbus
Ksbus
Asbus
Sdc
Ggp
Lnp
Ggp
Rgp


काठमाडौँ । संघीय सरकार मातहतका निकायमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरूले अब हरेक १५/१५ दिनमा तलब तथा भत्ता पाउने भएका छन् ।
महालेखा नियन्त्रक कार्यालयले एक परिपत्र जारी गर्दै अर्घमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन मातहतका सबै कार्यालयहरूलाई निर्देशन दिएको हो ।
अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको व्यवस्था अनुसार यो नयाँ प्रणाली लागू गर्न लागिएको कार्यालयले जनाएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरूलाई हरेक महिनाको १५ दिन व्यतित भएपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गरिनेछ ।
यसका लागि कार्यालयले आफ्नो प्रणालीमा आवश्यक व्यवस्था मिलाइसकेको जानकारी दिएको छ । हरेक १५ दिन पुगेपछि सो अवधिको तलब र भत्ता भुक्तानी हुनेछ। बजेट वक्तव्य अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत यसै प्रक्रियाबाट भुक्तानी गर्न निर्देशन दिइएको छ ।
त्यस्तै,१५/१५ दिनमा तलबभत्ता दिँदा सरकारी कर्मचारीहरूले महिनाको अन्त्यसम्म पर्खिनुपर्ने बाध्यता हट्ने र उनीहरूको दैनिक नगद प्रवाहमा सहजता आउने अपेक्षा सहित अर्थ मन्त्रालयले बैशाखदेखि यो व्यवस्था गरेको थियो ।
