Sidha Patra सोमबार, भाद्र ०१, २०८३

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले पत्रकार श्रेष्ठलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भन्दै सोमबार आदेश दिएको हो ।

श्रेष्ठलाई गैरकानूनीरुपमा गिरफ्तार गरिएको भन्दै उनकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो । आदेशमा संविधानको धारा १९ ले सञ्चार सामग्री वा उपकरण जफत वा अवरुद्ध नगर्ने ग्यारेन्टी गरेको सन्दर्भमा,गत साउन २७ र २८ गते श्रेष्ठको घर तथा कार्यालयबाट नियन्त्रणमा लिइएका ६ वटा सिपियु,कम्प्युटर,ल्यापटप,मोबाइल र आइप्याडसहितका सञ्चार सामग्रीहरु सहरजिस्ट्रारको रोहबरमा निवेदक सरस्वती श्रेष्ठलाई फिर्ता दिलाउन पनि भनिएको छ ।

त्यस्तै,श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालतले उनलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको छ । काठमाडौँ जिल्ला अदालतको अनुमतिमा प्रहरी थुनामा राखिएका श्रेष्ठको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी नभए तापनि, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानी वा तारिखमा छाडेर अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौँका नाममा परमादेश जारी गरिएको छ ।

साथै,संविधानले सञ्चार सामग्री जफत वा अवरुद्ध नगर्ने हक सुनिश्चित गरेको भन्दै श्रेष्ठको घर तथा कार्यालयबाट नियन्त्रणमा लिइएका ६ वटा सीपीयू, कम्प्युटर,मोबाइल, ल्यापटप र आइप्याडसहितका सबै उपकरणहरु उनको श्रीमतीलाई फिर्ता दिलाउन पनि अदालतले आदेश दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]