
Ggp
Lnp
Asbus
Ksbus
Msbus
Ksbus
Sdc
Ggp
Rgp


हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार आज राजीनामा दिएका छन् । सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्नेक्रममा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेका हुन् ।
बानियाँले राजीनामा दिनुअघि एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदामा प्रगति प्रस्तुत गरेका छन् । नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन खोजेका थिए ।
त्यस्तै,उनलाई प्रदेश सभा विश्वासको मतको प्रस्ताव लैजाँदा आफ्नै दल नेपाली काङ्ग्रेस र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीले मात्रै विश्वासको मत दिने अवस्था बनेको थियो । प्रस्तावको विपक्षमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी तटस्थ बस्ने तयारीमा थिए ।
बानियाँ मुख्यमन्त्री बनेको एक वर्षपछि सरकारबाट बाहिरिएका हुन् । २० साउन २०८२ मा मुख्यमन्त्री नियुक्त भएका उनलाई २७ साउन ०८२ मा ६३ जना प्रदेश सभा सदस्याले विश्वासको मत दिएका थिए । बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री हुन् । बागमतीमा साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार छ ।
त्यस्तै,झण्डै २ वर्ष सरकार चलाएको कांग्रेसबाट दोस्रो मुख्यमन्त्री बानियाँले सरकारको नेतृत्व गरेका थिए। यसअघि ९ साउन २०८१ देखि बहादुरसिंह लामा मुख्यमन्त्री थिए । लामालाई कांग्रेसको बानियाँ पक्षले कांग्रेस संसदीय दलमा अविश्वास प्रस्तावमार्फत हटाएको थियो । बागमतीमा अब नयाँ सरकार गठन हुनेछ । नेकपा र नेकपा एमालेबीचको गठबन्धनले अन्य दलको समर्थनमा सरकार गठन गर्ने तयारी गरेका छन् । दुई दलको भागबण्डाअनुसार बागमतीमा एमालेले सरकारको नेतृत्व गर्नेछ ।
यस्तै,एमालेभित्र वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलियाविरूद्ध आफ्नै दलभित्र अविश्वासको प्रस्ताव दर्ता भएकाले प्रस्तावको छिनोफानोपछि मात्रै भावि मुख्यमन्त्रीको टुंगो लाग्नेछ । १६ जना सांसदको हस्ताक्षरमा भक्तपुरका किरण थापा मगरलाई दलको नेता बनाउन माग गर्दै २७ साउनमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
त्यस्तै,बागमती प्रदेश सभामा निर्वाचित ११० प्रदेश सभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्यीय रहेको छ । नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । सरकार गठन गर्न ५३ जना सांसदको बहुमत पुर्याउनुपर्ने हुन्छ ।
