मानव राना/लमही आइतबार, साउन ३१, २०८३

दाङ । शिक्षकहरुका लागि एक दिने शिक्षक सशक्तिकरण तथा क्यास तालिम कार्यक्रम आइतबार आज राप्तीमा भएको छ ।

आदर्श नमुना माध्यमिक विद्यालयले शिक्षण क्रियाकलापमा सहज पुर्‍याउनका लागि विद्यालयमा कार्यरत शिक्षकहरुलाई एक दिने टिचर इम्पावरमेन्ट तथा क्यास प्रोग्राम तालिम सञ्चालन गरेको हो । उक्त कार्यक्रमले शिक्षकहरुलाई शिक्षण क्रियाकलाप तथा शिक्षण व्यवस्थापनमा सहयोग पुग्ने देखिन्छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलवान चौधरीले `शिक्षकहरुलाई आधुनिक प्रविधिसँग जोड्न सकेमा गुणस्तरीय शिक्षा दिन सकिने कुरामा जोड दिए ।´ त्यसैगरी शिक्षक अभिभावक संघका संयोजक लिलामणि पोखरेलले शिक्षकहरुले नयाँ नयाँ आइडिया प्रयोग गरी विद्यार्थीको मनोभावना अनुसार शिक्षण गर्नुपर्ने कुरामा जोड दिए ।´ शिक्षालाई आधुनिक प्रबिधिसँग जोड्न सके मात्रै विद्यार्थीलाई नयाँ ज्ञान दिन सकिने सहभागी शिक्षकहरुको भनाइ थियो ।

आदर्श नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलवान चौधरीको अध्यक्षता तथा शिक्षक, अभिभावक संघका संयोजक लिलामणि पोखरेलको विशिष्ट आथित्यबाट सुरु भएको कार्यक्रममा प्रशिक्षकको भूमिकामा तुलसीपुर उपमहानगरपालिका शिक्षा अधिकृत मनबहादुर खड्का रहेका थिए ।

कार्यक्रममा बसन्तपुर आधारभूत विद्यालय र आदर्श नमूना माध्यमिक विद्यालयका शिक्षकहरुको सहभागिता थियोे । सहभागी सम्पूर्णलाई सहायक प्रधानाध्यापक बिष्णु पोख्रेलले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक रामकृष्ण पौडेलले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]