
Lnp
Msbus
Ggp
Sdc
Ksbus
Ggp
Asbus
Ksbus
Rgp


दाङ । जिल्लाका एम्बुलेन्स चालकहरुले आफ्नो रोजगार सरकारले खोस्न थालेको आरोप लगाएका छन् । संयुक्त एम्बुलेन्स चालक टेड युनियन संघका केन्द्रिय अध्यक्ष नवराज लामिछानेले दाङको तुलसीपुरमा आइतवार सम्मन्न भएको संघको छैठौं जिल्ला अधिवेशनलाई संबोधन गर्दै यस्तो कुरा बताएका हुन् ।
नेपालका विभिन्न जिल्लाहरुबाट आएका एम्वुलेन्स चालकहरुको विचमा दाङ जिल्लाभरबाट एम्बुलेन्स चालकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष लामिछानेले सरकारले जारी गरेको एम्वुलेन्स संचालन निर्देशिकाले रोजगार खोस्न थालेको आरोप लगाएका हुन् ।
एकपछि अर्को ढंगले सरकारले निर्देशिका शंसोधन गर्दै १० बर्ष पुराना एम्बुलेन्स सञ्चालनमा रोक लगाउन खोज्दा देशभरका ६२ हजार चालकहरुको रोजगार नै धरापमा पर्ने खतरा रहेको उनिहरुले औल्याएका छन् । श्रमिकहरुको पेशागत हक अधिकारमाथी प्रहार गरिए बिद्रोह हुने छ । एम्वुलेन्स चालकहरु जिवनभर एम्वुलेन्स चलाएर बुढेसकालमा गाडीको चाँवी बुझाई भाडा खोजेर रित्तोहात घर फर्किनुपर्ने अवस्था छ । चाडपर्व आउँदा चालकहरु अस्पतालमा पर्व मान्न वाध्य छन् ।
दिनरात नभनेर मानविय सेवामा समर्पित हुने एम्बुलेन्स चालकहरुको पेन्सन,उपदान,अक्षयकोष कुनै सुविधा छैन । सामाजिक सुरक्षा,जोखिम विमा लगायत कुनै सुविधा नपाएर न्यून तलवमा काम गर्न बाध्य चालकहरुलाई न राज्यले हेर्छ न त एम्बुलेन्स सञ्चालकहरुले नै । अब हामी हाम्रै नियमावली र निर्देशिका बनाएर सरकार र एम्बुलेन्स संचालकहरुसंग अधिकारको लढाई लढ्न बाध्य भएका छौं–अधिवेशनलाई संबोधन गर्दै केन्द्रिय अध्यक्ष लामीछानेले बताए । जस्तोसुकै अप्ठेरोमा पनि एम्बुलेन्स चालकहरुले सेवा दिन तयार हुनुपर्ने र अधिकारको लढाई लढ्न एकजुट हुनुपर्ने उनको भनाई थियो ।
संघका दाङ जिल्ला अध्यक्ष देविराज चौधरीको अध्यक्षता तथा दंगिशरण गाउँपालिकाका अध्यक्ष सम्भू गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । जिल्ला अधिवेशनलाई संबोधन गर्दै पालिका अध्यक्ष गिरीले आफ्नो हक अधिकारका लागि संघर्षरत एम्बुलेन्स चालकहरुको पिडा सुनेपछि आफू संवेदनशिल भएको भन्दै एम्बुलेन्स संचालकहरु र राज्यका तर्फबाट चालकहरुको समस्या समाधान गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल हृयदरोग निवारण प्रतिष्ठान लुम्बिनी प्रदेशका संयोजक रविलाल आचार्य,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश वसेल, तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव केशवराज केसी,होटल ब्यवसायी महासंघ लुम्बिनीका अध्यक्ष लिला भट्टराई,तुलसीपुर उपमहानगरपालिका १३ का वडा अध्यक्ष मोहन पौडेल,बुद्ध इण्टरनेशनल हस्पिटलका प्रमुख किशोर आचार्य,संजिवनी हस्पिटल घोराहीका कार्यकारी अधिकृत दिपक रोका लगायतले बोलेका थिए ।
संघका केन्द्रिय सचिवालय सदस्य तथा दाङका पूर्व अध्यक्ष सुवास रिजालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार आषिश केसीले गरेका थिए ।
भट्टराईको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयनः
यसैविच संघको छैठौं जिल्ला अधिवेशनको बन्दशत्रले भोजराज भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्ष सुवास चौधरी,उपाध्यक्ष लोकराज महतरा, सचिव ऋषिराज पौडेल,कोषाध्यक्ष निराजन चौधरी र सदस्यहरुमा बुद्धि नेपाली,बिन्तिराम चौधरी,लक्ष्मण चौधरी,बिक्रम गुप्ता र राजु चौधरी रहेको निवर्तमान अध्यक्ष देविराज चौधरीले जानकारी दिए ।
नयाँ नेतृत्वले वन्दशत्रमा ब्यापक छलफल गरि निर्देशिका तथा नियमावलीहरु तयार गर्ने र एम्बुलेन्स चालकहरुको हक,हित, अधिकार र न्यायकालागि एम्वुलेन्स संचालकहरु र सरकारका निकायहरुसंग वहस पैरवि गर्दै चालकहरुको बिमा,सामाजिक सुरक्षा लगायतका क्षेत्रमा उठेका सवालहरु कार्यान्वयन गर्न गराउन जोड गर्ने निर्णय गरेको संघले जनाएको छ ।

