
Ggp
Asbus
Msbus
Sdc
Ksbus
Lnp
Ggp
Rgp
Ksbus


रोल्पा । थबाङमा गएको बुधवार बेलुका खसेको पहिरोमा परेर बेपत्ता भएका थप १ जनाको शव प्यूठानमा फेला परेको छ ।
प्यूठानको सरुमारानी गाउँपालिका–२ मा रहेको राप्ती नदीको बीच भागमा फेला परेको शव थबाङ गाउँपालिका–५ कोटलबाराका ८० वर्षीय अजम्बर पुन मगरको भएको पुष्टि भएको प्रहरीले जानकारी दिएको हो ।
यससँगै थबाङ पहिरोमा परेका १३ मध्ये १२ जनाको शव फेला परिसकेको छ भने ९ वर्षीय अशिम पुन मगर अझै बेपत्ता छन् । पहिरोमा घाइते भएका २ जनाको बुटवलमा उपचार भइरहेको छ । बुधवार लेदोसहित खसेको विनाशकारी पहिरोले कोटलबारा गाउँका १३ वटा संरचना पूर्णरूपमा नष्ट गरेको थियो ।
यस्तै रोल्पाकै सुनछहरी गाउँपालिकामा गएको बिहीवार गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको थियो । लगातार भारी बर्षाका कारण थवाङ र सुनछहरी गाउँपालिकामा पहिरोमा परेर २ दिनमै १६ जनाको मृत्यु भएको छ भने १ जना हराइरहेका छन् ।
