
Lnp
Sdc
Asbus
Rgp
Ksbus
Msbus
Ggp
Ggp
Ksbus


दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २,लालमटिया स्थित आदर्श नमूना माध्यमिक विद्यालयले सर्पको डसाइबाट गम्भीर घाइते भएकी रिमा कुमाल खत्रीलाई आर्थिक सहयोग गरेको छ ।
यहीँ साउन १४ गते खेतमा साग टिप्ने क्रममा सर्पले डसेको थियो । सर्पले डसे लगत्तै उनलाई लमही अस्पतालमा ल्याइएको थियो । तर लमही अस्पतालमा प्राथमिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको थियो । रिमालाई घोराहीमा उपचार सम्भव नभएपछि तत्काल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरेर उपचार गरिएको थियो ।
त्यस्तै,घाइते रिमाको समस्यालाई मध्यनजर गर्दै विद्यालयका शिक्षक,कर्मचारीहरुबाट संकलित ६६ हजार ५ सय रुपैया शनिबार आज घोराही उपमहानगर पालिका वडा नम्बर ९,भगुवार घरमै पुगेर शिक्षक मानव राना र शरद चौधरीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
घाइते रिमाले आफ्नो दु:खको बेला साथ सहयोग गरेकोमा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरेकी थिइन् । रिमा आदर्श नमूना माध्यमिक विद्यालय लालमटियाकि कर्मचारी समेत हुन् ।
