Sidha Patra बुधबार, साउन २०, २०८३

सर्लाही । सर्लाहीको मलङ्गवाबाट अनुदानको रासायनिक मल कालाबजारी गरी बढी मूल्यमा बिक्री वितरण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कृषकहरुको गुनासो र विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले उनीहरूलाई मलसहित नियन्त्रणमा लिएको हो । साउन १९ गते मलङ्गवा नगरपालिका वडा नं १० स्थित कृष्ण जनरल स्टोर किराना पसलमा खानतलासी गर्दा अनुमतिविना डीएपी मल प्रतिबोरा ३ हजार ५ सय रुपैयाँमा बिक्री गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका थिए ।

त्यस्तै,पक्राउ पर्नेहरूमा मलङ्गवा वडा नं ७ बस्ने २३ वर्षीय अभिनय राय र २० वर्षीय अभिनन्दन राय रहेका छन् । उनीहरूको पसलबाट ५० किलो तौल भएका ४ बोरा डीएपी र १ बोरा युरिया मल बरामद गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनीहरूले उक्त मल मलङ्गवा वडा नं ४ शिवसागर चोकस्थित राहुल गुप्ताको पसलबाट प्रतिबोरा ३ हजार २ सय रुपैयाँमा खरिद गरी ल्याएर ३ हजार ५ सय रुपैयाँमा बेच्ने गरेको खुलाएका थिए ।

सोही बयानका आधारमा प्रहरीले मलङ्गवा वडा नं ३ बस्ने २८ वर्षीय राहुल गुप्ताको पसलमा खानतलासी गर्दा थप ७ बोरा युरिया मल बरामद गरी गुप्तालाई समेत पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनामाथि कालो बजारी सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]