शिबु खनाल बिहिबार, साउन १४, २०८३

दाङ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीले सार्वजनिक शौचालय संचालकलाई तिनदिन भित्र शौचालय तथा सटर खाली गर्न अल्टिमेटम दिएको छ ।

शौचालय संचालकले सम्झौताको सर्त उल्लङ्घन गर्दै,तोकिएको रकम भन्दा बढी रकम लिने क्रममा स्थानीय उपभोक्ता माथि बुधवार दिउँसो कुटपिट, हातपात तथा दुव्र्यवहार गरेको प्रति सामुदायिक वनको गम्भिर ध्यानाकर्षण भएको छ ।

पटकपटक सम्झौता विपरित कार्य नगर्न आग्रह गर्दागर्दै,संस्थाको हित विपरित कार्य गरेको हुदाँ र स्थानीय उपभोक्ता माथि अमानविय व्यवहार गरेको र उपभोक्ताको प्रतिष्ठामा नकारात्मक असर पर्नुका साथै उपभोक्तामा असन्तुष्टि सृजना भएको हुदाँ उक्त शौचालय तिनदिन भित्र पूर्णरुपमा खाली गर्न अल्टिमेटम दिएको हो ।

त्यस्तै,अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीले शौचालय संचालकलाई बुधवार तिनदिन भित्र शौचालय तथा सटर खाली गर्न अल्टिमेटमको पत्र पठाएको छ । साथै तोकिएको अवधिभित्र शौचालय खाली नगरेमा प्रचलित कानुन तथा सम्झौता अनुसार सम्झौता स्वत रद्द गरि आवश्यक कानुन एवम् प्रशासनिक प्रकृया अगाडी बढाइने सामुदायिक वनले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]