Sidha Patra शनिबार, आषाढ २७, २०८३

दाङ । लुम्बिनी प्रदेश सरकारले १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक लाई नगदसहित सम्मान गरेको छ ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिबार आयोजित कार्यक्रममा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडी, प्रशिक्षक तथा म्यानेजर गरी एक सय पाँच जनालाई सम्मान गरिएको हो । प्रतियोगितामा लुम्बिनी प्रदेश समग्रमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमको अध्यक्षता तथा युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्वर्ण पदक विजेता प्रत्येक खेलाडीलाई ११ हजार रुपैयाँ, रजत पदक विजेतालाई ९ हजार रुपैयाँ र कास्य पदक विजेतालाई ६ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । सम्मानित सबैलाई खादा, अविर र सम्मानपत्र समेत प्रदान गरिएको परिषद्ले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले खेलाडीको मनोबल उच्च बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले खेल क्षेत्रको विकाससँगै खेल पर्यटनको प्रवद्र्धन गर्न सके प्रदेशको आर्थिक तथा सामाजिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमले राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशको पहिचान राष्ट्रिय स्तरमा स्थापित गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकप्रति आभार व्यक्त गरे । उनले आगामी प्रतियोगितामा अझ उत्कृष्ट नतिजा हासिल गर्न परिषद्ले आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने बताए ।

त्यस्तै,गत जेठ २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडीले १२ स्वर्ण, १५ रजत र १८ कास्य पदक जित्दै समग्रमा तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दो, उसुलगायत विभिन्न विधामा लुम्बिनीका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]