
Sns
Ggd
Vic
Pbu
Pvgdn


काठमाडौं । बुद्धनगरमा अर्का एक पुरूषले पनि आत्मदाहको प्रयास गरेका छन् ।
शनिबार बिहान सवा ६ बजेतिर काठमाडौं महानगरपालिका वडा नम्बर -१० बुद्धनगरस्थित एक घरमा डेरा गरी बस्दै आएका पुरूषले आत्मदाहको प्रयास गरेका हुन् ।
पुरूष ४५ वर्षीय अश्विन राउत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट घरायसी कारणले राउतले आफैमाथि आगो लगाएको हुन सक्ने देखिएको छ ।
त्यस्तै,उनलाई उद्धार गरी वीर अस्पताल पुर्याइएको छ । उनको शरीरमा ५० प्रतिशत जलन रहेको एसपी भट्टराईले बताए । घटना सम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
यसैगरी सर्लाही र काठमाडौंमा पनि आत्मदाहको घटना भएका छन् । बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेका थिए । उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।
सर्लाहीका विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरेका थिए। उनलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको थियो । अहिले कीर्तिपुरको बर्न अस्पतालको आइसियूमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
