
Sns
Pbu
Pvgdn
Vic
Ggd


दाङ । देउखुरीको लमही–कोइलाबास सडक खण्ड अन्तर्गत गढवा बजारको पेट्रोल पप्म नजिकै मोटरसाइकल र भारतीय नम्बर प्लेटको गाडी एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार गढवा गाउँपालिका–६ निवासी समाजसेवी तथा युवा नेता खिम बुढा र गोविन्द केसी घाइते भएका हुन् । दुवै घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै,उनीहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । दुर्घटनाको कारणबारे भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक साहिल बुढाथोकीले जानकारी दिए ।
