
rgu
Pbu
Gsl
Bs1
ksbus


सुर्खेत । दैलेखको साङ्गेतडामा कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजी शुक्रबार बिहानदेखि पुनः सुरु गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर बिहान ८ बजेदेखि खोजीमा परिचालन भएका छन् । बिहीबार पाँच घण्टासम्म खोजी गर्दा गाडी र यात्रु फेला नपरेपछि आज पुनः खोजी थालिएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीको जलसतह बढ्नुका साथै बहाव तीव्र,पानी धमिलो र घटनास्थलसम्म पुग्न कठिन भएकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ । अछामतर्फबाट खोजी भइरहेको उनले बताए । दुर्घटनापछि भिरमा अचेत अवस्थामा फेला परेका एक पुरुषलाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हरीले जनाएको छ ।
त्यस्तै,खोजीका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ । प्रहरीका अनुसार सुर्खेतबाट छुट्दा तीन,दैलेखको डुङ्गेश्वरबाट दुई यात्रु तथा चालक र सहचालक गरी हालसम्म सात जना गाडीमा सवार रहेको पुष्टि भएको छ ।
कर्ण प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान सुर्खेतबाट कालीकोटतर्फ जाँदै गर्दा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो ।
