
Bs1
Pbu
rgu
ksbus
Gsl


दाङ । पछिल्लो चार वर्षमा घोराही उपमहानगरपालिकामा ४ सय ८८ जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद लक्षण फेला परेको छ । घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखाले १९ वटै वडामा सञ्चालन गरेको शिविर र संस्थागत परिवार नियोजन क्लिनिकबाट चार सय ८८ जना महिलाको पाठेघरमा क्यान्सरको लक्षण फेला परेको हो ।
त्यस्तै,महिलाहरुको स्वास्थ्य संरक्षणका लागि उपमहानगरले ०७९/८० बाट पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि शिविर सञ्चालन गर्दै आएको छ । चार आर्थिक वर्षमा घोराहीले १९ वटै वडाका विभिन्न क्षेत्रमा पुगेर १६ हजार ७ सय ४१ जना महिलाहरुको पाठेघर परीक्षण गरेको छ । त्यही परीक्षणमा ४ सय ८८ जना महिलाको पाठेघरमा क्यान्सरको शंकास्पद लक्षण फेला परेको घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिए ।
यस्तै,तथ्याङ्कअनुसार पहिलो वर्ष आर्थिक वर्ष २०७९/८० मा कुल पाँच हजार ८ सय ९ जना महिलाहरुको पाठेघर परीक्षण गरियो । तीमध्ये १ सय १६ जना महिलामा क्यान्सर पोजेटिभ देखियो । आर्थिक वर्ष २०८०/८१ मा पनि घोराहीले ३ हजार ६ सय ६५ महिलाको पाठेघर जाँच गर्यो । जसमा ८८ जनाको पाठेघरमा पोजेटिभ देखियो ।
त्यस्तै,आर्थिक वर्ष २०८१/८२ मा ५ हजार २ सय ६० जनामा गरिएको परीक्षणबाट १ सय ६४ जनामा शंकास्पद लक्षण भेटिएको थियो भने चालु आर्थिक वर्ष २०८२/८३ मा २ हजार ७ जनाको पाठेघर जाँच गर्दा १ सय २० जनामा पोजेटिभ देखिएको छ ।
