
Gsl
rgu
Bs1
Pbu
ksbus


प्युठान । सरुमारानी गाउँपालिकाको सरकारी गाडी कार्यालय समयपछि पनि नियमित रूपमा गाउँपालिका अध्यक्ष झगबहादुर विकको घर पुग्ने गरेको छ ।
अध्यक्षलाई सरुमारानी–३ कास्कोटस्थित निवासमा पुर्याएपछि लु.प्र. ०२–००१ झ ०००४ नम्बरको गाडी कार्यालय फर्काइँदैन। चालक देवीराम चर्तीले गाडी कार्यालयबाट करिब ८ किलोमिटर टाढा रहेको आफ्नै घरमा लगेर पार्किङ गर्ने गरेका छन् ।
त्यस्तै,गाउँपालिकाका केही कर्मचारीले कार्यालयका मोटरसाइकल पनि कार्यालय परिसरमा नराखी १०–१२ किलोमिटर टाढा रहेका आफ्ना डेरामा लैजाने गरेका छन्। गाउँपालिका कार्यालयले पनि जनप्रतिनिधि र कर्मचारीले कार्यालय समयपछी पनि घर वा डेरा सम्म मोटरसाईकल र गाडी लैजाने गरेको स्वीकार गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले सरकारी सवारी कार्यालय परिसरमै राख्न पटक–पटक निर्देशन दिएपनि त्यसको पालना भएको छैन । सरुमारानी गाउँपालिकाले स्थापना भएयता दुईवटा सरकारी गाडी खरिद गरेको छ। तर कार्यालय समयपछि पनि सरकारी सवारी पदाधिकारी र कर्मचारीका घरमा पुग्ने अभ्यास रोकिएको छैन ।
त्यस्तै,जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरुले प्रयोग गर्ने चारपाङग्रे र दुई पाङग्रे सवारी साधनहरु कार्यालयको प्रयोजनबाहेक अन्य काममा प्रयोग गर्न नपाईने व्यवस्था भएपनी कानुनको धज्जी उडाउदै यहाँ चरम दुरुपयोग हुने गरेको छ ।
