
Gsbus
Ksbus
Bsbus
Gsbus
Nssbush
Lsbus
Ksbus
Ssbus
Ssbus
Ksbus
Ksbus
Gsl
Ssbus
Rsbus
Pbu
Gsbus
Lsbus

Asm
nsb
Rgu
Pvg
Bbu
Tsm
Sls
Rsb
Bbbpu
Vor
Ssm
Sbs
Hal
Gst
Rgs
Ksm
Wsp
Ggd
Rgu

Pls
bbt
Rmb
Gsb
Ptm
Rpp
Abd
Bml
Jmb
Syp
Mks
Jmb
sab
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने भएका छन् ।
भरतपुरमा असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र उद्घाटन समारोहमा रवि लामिछाने तथा बालेन शाहको विशेष उपस्थिति रहने रास्वपाले जनाएको छ ।
महाधिवेशन स्थलमा शुक्रबार आज पत्रकारहरुसँग कुरा गर्दै पार्टीका महामन्त्री भूपदेव शाहले नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको जानकारी दिए । उनले सहमतिमै नेतृत्व चयन गर्ने वातावरण बनाउन पार्टी नेतृत्व निरन्तर सक्रिय रहेको बताए । “सबै एकै ठाउँमा आएर मात्रै दुईतिहाइ हासिल गर्न सम्भव भएको हो । महाधिवेशनबाट पनि सबै साथीहरू सम्मानित रूपमा बाहिरिने वातावरण बनाउन हामी अहोरात्र खटिरहेका छौँ,” उनले भने ।
त्यस्तै,सहमतिको प्रयास जारी रहे पनि सहमति हुन नसके लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिने उनको भनाइ थियो । पार्टी जीवनको सबैभन्दा महत्त्वपूर्ण पर्वका रुपमा महाधिवेशनलाई लिइएको उनले बताए ।
यस्तै,चितवनलाई महाधिवेशन स्थलका रूपमा छनोट गर्नुको कारणबारे उनले पार्टीको स्थापना र आन्दोलनसँग जोडिएको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरे । “चितवन हाम्रो उद्गम भूमि हो । पार्टीको जन्म र आन्दोलनसँग जोडिएको स्थान भएकाले महाधिवेशन यहीँ गर्ने निर्णय गरेका हौँ,” उनले भने ।
