
Srbpu
Rgp
Rgp1
Ggp
pku
Unsku
Pbu
Sgr
Lnp

Rgu
Pvg
Ssm
Rgu
nsb
Gst
Wsp
Hal
Sbs
Rgs
Ksm
Rsb
Vor
Asm
Bbbpu
Bbu
Ggd
Tsm
Sls

Pls
Ptm
Abd
Syp
sab
Rpp
bbt
Gsb
Mks
Jmb
Rmb
Jmb
Bml
काठमाडौं । रुपन्देहीमा प्रहरीले लागुऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषधसहित एकजना भारतीयलाई पक्राउ गरेको हो ।
त्यस्तै विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका– ३ स्थित सिद्धार्थपथबाट भारत उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्ला मोहना थाना ग्राम पोस्ट बडपुर बस्ने ४१ वर्षीय मोहम्मद आजमलाई पक्राउ गरेको हो ।
यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आजमको साथबाट लागुऔषध डाइजेपाम पाँच सय एम्पुल, फेनारगन पाँच सय एम्पुल र नुफ्रिन पाँच सय एम्पुल गरी एक हजार पाँच सय एम्पुल फेला पारी बरामद गरिएको छ । आजमलाई रुपन्देही जिल्ला अदालतबाट सात दिन म्याद थप भई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।नयाँपत्रीका
