
Rgp1
Pbu
Unsku
Srbpu
Ggp
Lnp
Gfs
cjs
pku
sbs
Pes
Djs
Sgr
Rgp

Gst
Rgu
Ssm
Sls
Rsb
Vor
Rgu
Wsp
Sbs
Bbu
Asm
Ggd
Ksm
Rgs
nsb
Bbbpu
Hal
Tsm
Pvg

Rpp
Rmb
Bml
Ptm
Jmb
sab
Jmb
Mks
Abd
Pls
Gsb
bbt
Syp
प्युठान । प्युठान अस्पतालमा शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका वडा नम्बर ७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको मृत्यु भएपछि परिवारका सदस्य र आफन्तले अस्पताल परिसरमा भेला भएर विरोध प्रदर्शन गरेका छन् ।
डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । अनिसाको तस्वीर अंकित ब्यानरसहित प्रदर्शनमा उत्रिएकाहरुले ‘अनिसालाई न्याय दे’ लगायतका नारा लगाएका छन् । आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान उनीहरुले लिएका छन् । अनिसाले गत बिहीबार पहिलो शल्यक्रिया गरेर बच्चा जन्माएकी थिइन् । शनिबार फेरि दोस्रो पटक शल्यक्रिया गरिएको थियो । अनिसाको स्वास्थ्य जटिल बन्दै गएपछि अस्पतालका चिकित्सकले शनिबार राति २ बजे बुटवल रिफर गरेका थिए । तर, बुटवल नपुग्दै तीन बजेतिर उनको मृत्यु भएको अनिसाका श्रीमान् सुदन थापाले बताउनु भयो ।
