
Lnp
Sdc
Asbus
Rgp
Msbus
Ggp
Ksbus
Ggp
Ksbus


दाङ । नेपाल नेत्रज्योति संघद्वारा संचालित लमही आँखा अस्पतालमा एक बिरामीको जटिल आँखाको छेउमा बिझेको काठको टुक्रालाई शल्यक्रिया मार्फत बाहिर निकाल्न सफल भएको छ।
करिब ३.५ सेन्टिमिटर लामो काठको टुक्रा आँखाको छेउमा बिझेको बिरामी उपचारका लागि रिफर भई अस्पताल आइपुगेका थिए। अस्पतालमा आएपछि प्रा.डा.प्रदीप बस्तोलाको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले तत्काल शल्यक्रिया सुरु गरेको थियो।
त्यस्तै सावधानीपूर्वक गरिएको सल्यक्रियापछि बिरामीको आँखा छेउमा बिझेको काठको टुक्रा निकाल्न सफल भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार शल्यक्रिया अत्यन्तै जटिल र जोखिमपूर्ण भएपनि चिकित्सक टोलीको दक्षता र प्रयासका कारण बिरामीको आँखाको दृष्टि जोगाउन सफल भएको हो ।
त्यस्तै अस्पतालमा शल्यक्रियापछि बिरामी सकुशल घर फर्किएको अस्पतालले जनाएकोछ ।
