
Gsbg-3
ksbl-7
Pbu
Jsbr-3
Rksr-7
Gsbr-6
Usbl-7
Csbg-7
Msbg-2
Jsbg-7


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरुको नाम आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेकी छिन् ।
उनले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा,पत्रकार जगदीश खरेल,अतिरिक्त सचिव डा.संगिता मिश्रा,वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा.मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेकी हुन् ।
त्यस्तै सिफारिस भएका मन्त्रीहरुको नियुक्ति र शपथ भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले भने, ‘प्रधानमन्त्री कार्यालयबाट मन्त्रीहरुको सिफारिस राति आइपुगेकाले आज शपथ नहुने भयो । भोलि मात्रै शपथ हुन्छ ।’
