
Rbs
mbd
Sds
Mbdvs
Gisld
Pbu

Ksm
Sls
Ggd
Sbs
Hal
Ssm
Rgs
Rgu
Rsb
nsb
Bbu
Tsm
Wsp
Pvg
Bbbpu
Vor
Rgu
Asm
Gst

Abd
Ptm
Rpp
sab
Bml
Rmb
Jmb
Pls
Mks
Syp
Gsb
Jmb
bbt
काठमाडौं । निर्वाचन आयोगले बिहीबारदेखि देशैभरका पालिकाहरुमामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गरेको छ । सबै पालिकाहरुको केन्द्रमा मतदाता नामावली गर्न सूची प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार बिहीबार पालिकाहरुका केन्द्रमा मतदाता नामावलीका सूची प्रकाशित हुने छ ।
शुक्रबार र पर्सि दुई दिन यो नामावलीमाथि दाबी विरोध गर्न पाइनेछ । नामथर त्रुटि भएमा सच्याउन निवेदन दिने, ज्यान गुमाएका वा बसाइ सरेर गएका र दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिने तथा झुटो विवरण दिएर कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यसविरुद्ध उजुरी दिन सकिने आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनु भयो ।
आउँदो माघ २१ गतेसम्म नामावली अद्यावधिक गरिने उहाँको भनाइ छ । यसपछि मतदाताको नामावली जिल्ला जिल्लामा पुग्ने छ र जिल्लाले निर्वाचन आयोगमा मतदाता नामावली पठाउने छ ।आयोगले २०७७ फाल्गुन ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो ।
आउँदो वैशाख १७ र २७ गतेका लागि सरकारले घोषणा गरेको चुनावको लागि आयोगले तयारी गरिरहेको छ । तर, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवदेन माथि अहिले संवैधानिक सुनुवाइ भइरहेकाले चुनाव हुने नहुनेमा अन्योल रहेको आयोगले जनाएको छ ।
