तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका मंगलबार, पुष १६, २०८१

दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गुरुङ समुदायले आफ्नो कला,संस्कृति र भेषभूषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने आवश्यकत रहेको बताएका छन् ।

सोमबार तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद इकाई कार्यसमिति राप्ती गाउँपालिका-८ पिपरीद्वारा कोहलुवा श्रीनगर बौद्ध गुम्बामा आयोजित तमु ल्होसार पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उनले परम्परागत कला संस्कृतिको संरक्षण गर्दै तीलाई व्यवसायीक रुपमा विकास गर्न सके राम्रो आम्दानी लिन सकिने बताएका हुन् ।

अध्यक्ष विष्टले गुरुङ समुदायको सांस्कृतिक, पर्व र भेषभूषाको महत्त्वलाई संरक्षण गर्न गाउँपालिकाले सधैं साथ दिने बताए । साथै, स्थानीय वडाबासीलाई आवश्यकताका आधारमा बजेट माग गर्न अनुरोध गर्दै उनले गाउँपालिकाले उचित बजेट उपलब्ध गराउन तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी,आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सचिव रेखा कंडेल, गुम्बा समितिका पूर्व व्यवस्थापक पुरन चौधरी,प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष नारायणी पोखरेल,प्रमुख लामा गुरु, कोइसा गुरुङ, राप्ती गाउँपालिका वडा नम्बर ८ का कार्यवाहक अध्यक्ष चम्फा पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गुरुङ समुदायले विशेष सांस्कृतिक प्रस्तुतिसहित नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार पर्व मनाएको हो । विभिन्न विधाका विजेतालाई पुरस्कार वितरण गरिएको कार्यक्रममा तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय संगठन सचिव विष्णु गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको परिषदका अध्यक्ष लुमबहादुर गुरुङले सञ्चालन गरेका थिए ।

त्यस्तै तमु ल्होसार गुरुङ समुदायको महत्वपूर्ण पर्व हो, जसलाई वर्ग परिवर्तन (ल्हो) संग सम्बन्धित मानिन्छ । यो पर्व विशेषतः लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा,मनाङ,कास्की,र पर्वतलगायत गुरुङ बाहुल्य क्षेत्रहरूमा मनाइन्छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र त्यसपछि दिन क्रमशः बढ्दै जाने भएकाले यो पर्वको सांस्कृतिक र प्राकृतिक महत्त्व रहेको उल्लेख गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]