Sidha Patra शुक्रबार, पुष १२, २०८१

काठमाडौँ । आफू डाक्टर हुँ भन्दै उपचारको नाउँमा बेहोस बनाएर लुटपाट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर २ घर भई हाल ललितपुर महानगरपालिका १७ बस्ने डा. अलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीका अनुसार मण्डलले नक्कली फेसबुक अकाउन्टमार्फत साथि बनाइ आफू सुगर रोगको उपचार गर्ने डाक्टर हुँ भन्ने गर्थे । चिनजान पछि घरमा गई सुगरको औषधीको नाममा बेहोसको औषधि खुवाएर घरभित्रका गर गहना र नगद लुटपाट गरेको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

यस्तै कार्यालयको टोलीले सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेको हो । मण्डलले सुन चाँदिका विभिन्न गहना र ३ लाख नगद चोरी भएको घटनामा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत सातदोबाटो पठाएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]