आदिम केसी मंगलबार, पुष ०९, २०८१

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङ शाखाको १६ अधिवेशनबाट गठित नयाँ कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी प्याब्सन दाङले पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।

प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीको अध्यक्षता तथा प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरीको प्रमुख आतिथ्यमा पद हस्तानतरण कार्यक्रम सम्पन्न भएको होे । कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान सदस्य केशव थापा, पूर्व केन्द्रीय सदस्य विनयकुमार मिश्र,निर्वाचन समितिका सदस्य महेन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष केसीले नवनिर्वाचित अध्यक्ष निर्मल न्यौपाने र सचिव आदिम केसीलाई मान्युट हस्तान्तरण गरेका थिए । पद हस्तान्तरणपछि निवर्तमान अध्यक्ष केसीले मन्तव्य राख्दै प्याब्सनलाई सुदृढीकरण गर्दै लैजानुपर्नेमा जोड दिएका थिए । नव निर्वाचित अध्यक्ष न्यौपाले पयब्सनले गर्दै आएका र गर्नुपर्ने कामका बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा अधिवक्ता डा. सुदीप गौतमले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]