
Mbdvs
mbd
Gisld
Sds
Rbs
Pbu

nsb
Sls
Asm
Bbu
Pvg
Tsm
Ksm
Wsp
Rgu
Rgu
Ggd
Vor
Ssm
Rsb
Rgs
Bbbpu
Sbs
Gst
Hal

Syp
Abd
Bml
Gsb
Ptm
Jmb
Rmb
Mks
Jmb
Rpp
sab
Pls
bbt
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ का ७२ वर्षीय वडा अध्यक्ष भिम बहादुर खड्कालाई सोही वडामा रहेको माध्यामिक विद्यालय सिक्टाका प्रधानध्यापक बिष्णु खत्रीले दिएको ज्यान मार्ने धम्की प्रति राजपुर गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
गत ७ गतेका दिन दिउँसो १:३० बजे वडा कार्यालयमा काम गरिरहेको अबस्थामा दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ वखरिया घर भई हाल माध्यमिक विद्यालय सिक्टामा प्रअको रुपमा कार्यरत रहेका खत्रीले वडा कार्यालयमा सिफारिस लिन गएको बखतमा वडा अध्यक्ष खड्का माथि विभिन्न किसिमका तथानाम गाली गर्दै ज्यानै लिने सम्मको धम्की दिएकोमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले मंगलबार एक विज्ञप्ति मार्फत जानकारी दिनु भएको हो ।
त्यसैगरी निज शिक्षकले केही समय अघि सोही विद्यालयमा कार्यरत शिशु कक्षामा अध्यापन गराउने शिक्षिका माथि अभद्र व्यवहार गरेको भनि मुद्दा समेत चलेकोले सो अनुसार गाली वेइज्जत र धम्काउने कार्यमा संलग्न निज शिक्षकलाई गृह प्रशासनले कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही प्रक्रिया अगाडी बढाउन तथा यस प्रकारका उग्र अवान्छनीय क्रियाकलापहरु प्रति घोर भरोत्सना प्रकट गर्दै आगामी दिनहरुमा यस्ता क्रियाकलापलाई निरुत्साहित गर्न सत्यतथ्य छानबिन गरि तत्काल दोषी माथि कारबाही समेतको माग अध्यक्ष केसीले विज्ञप्ति मार्फत भन्नू भएको छ । 
