तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, पुष ०८, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भूमिहीनलाई लालपुर्जा दिलाउन स्थानीय,प्रदेश र संघीय सरकार तीनै तहले गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

आइतबार सामुदायिक आत्मनिर्भर केन्द्र (CSRC)ले राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुरमा आयोजना गरेको भूमि तथा कृषि अधिकार अभियानको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले भूमि समस्या समाधानका लागि राप्ती गाउँपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने निस्सा वितरण, जग्गाको नामनक्सा र अभिलेखिकरणजस्ता काम अन्तिम चरणमा पुर्‍याएकाे बताए । तर लालपुर्जा वितरण संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भएकाले सरकार परिवर्तनका कारण बारम्बार भूमि आयाेग विघटन हुँदा भूमिहीनलाई लालपुर्जा दिलाउन ढिलासुस्ती भइरहेको उनले उल्लेख गरे ।

अध्यक्ष विष्टले राप्ती गाउँपालिकामा करिब ४ हजार ८ सय भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या रहेको जानकारी गराउँदै उनीहरूको अधिकार सुनिश्चित गर्न पालिकाले सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको बताए । चुनावका बेला भूमिहीनलाई प्रलोभन देखाएर भोट बैंक बनाउने परिपाटीको आलोचना गर्दै अध्यक्ष विष्टले तीनै तहका सरकारले सहकार्य गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय अध्यक्ष ल्याम बहादुर दर्जी, वडा नम्बर ६ का अध्यक्ष दीपक कुमार चौधरी, सामुदायिक आत्मनिर्भर केन्द्रका कार्यकारी निर्देशक जगत देउजा र अन्य सरोकारवालाहरूले भूमि अधिकारका आआफ्नो विषयमा धारणा राखेका थिए ।

देशभरका १२ जिल्लाबाट ५५ जना भूमि अधिकारकर्मीको उपस्थिति रहेको कार्यक्रममा भूमि तथा कृषि अधिकार अभियानकाे वार्षिक समीक्षा सँगै आगामी रणनीतिबारे छलफलसमेत गरिने सामुदायिक आत्मनिर्भर केन्द्र लमहीका कार्यक्रम संयाेजक रेमन्त चाैधरीले बताए । दुई दिनसम्म सञ्चालन हुने यो कार्यक्रमले भूमि समस्या समाधानमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]