आलोक भाबुक/गढवा आइतबार, पुष ०७, २०८१

दाङ । हेफर इन्टरनेसनल नेपाल, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ र गढवा गाउँपालिकाको समन्वयमा तथा दाङ सल्यानमा सञ्चालित आई.ए.एल.भि.सी. ( IALVC) परियाेजना अन्तर्गत आज गढवा गाउँपालिकामा भिटा परियोजनाद्वारा गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट कृषि प्रदर्शनीका लागि छनौट हुनुभएका कृषकहरुलाई ३० हजार रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ ।

गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाकी अध्यक्ष सोभा रावत क्षेत्रीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा एक कार्यक्रमको बिच कृषि सामग्री हस्तान्तरण गरिएको सहकारी संस्थाकी अध्यक्ष सोभा रावत क्षेत्रीले जानकारी दिइन् ।

त्यस्तै कृषकहरुलाई टनेल ५ थान, मलचिङ ५ थान, ड्रम १० थान, डोरी १० थान, कोरियन नेट ५ थान, झोलसिल १० थान, पञ्जा १० थान, टंकी ५ थान, भिटामिन ५,कैची ५ थान, फेलीमेन टेप १० थान, ट्रेय २० थान, दुसी नाशक औषधी २.५ किलोग्राम, पहिलो स्टिक २० थान, करेला, लोका, बोडी र काक्रा लगायतका सामग्री बितरण गरिएको हो ।

कृषि सामाग्री वितरण कार्यक्रममा हेफर इन्टरनेसनल नेपालका बरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्य, भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, IALVC का हिमाल खड्का र उशा चौधरी,गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी कोषाध्यक्ष पदमा पुन मगर, भिटा परियोजनाका सामाजिक सहजकर्ता बाबुराम यादव र जया बिश्वकर्मा,विभिन्न कृषक समूहका महिला उद्यमीहरु लगायतको सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]