Sidha Patra आइतबार, पुष ०७, २०८१

काठमाडौँ । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको आरोपमा फरार मुद्दा दायर भएपछि,फरार रहेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनु कुमारी शाही जिल्ला अदालत ललितपुरमा आज उपस्थित भएकी छिन् ।

आइतबार आज उनी जिल्ला अदालत ललितपुरमा उपस्थित भएको र अहिले बयान भइरहेको जिल्ला अदालत ललितपुरका प्रवक्ता रामसजिवन यादवले बताए । न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको बयान भइरहेको छ । अदालत उपस्थित भएकी शाहीको बयान सकिएपछि थुनछेक बहस हुने उनले बताए । बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्नेबारे निर्णय सुनाउने छ । अदालतले थुनामा पठाएमा उनी थुनामै रहने छिन् ।

त्यस्तै इन्सपेक्टर शाही सहित ६ जनालाई प्रतिवादी बनाउँदै आपराधिक लाभ र संगठित अपराधको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । मंसिर १३ गते न्यायाधीश टेकराज जोशीको इजलासले घटनाको मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश गरेको थियो । उनीपनि मुख्य प्रतिवादीको दाबी अभियोगपत्रमा गरिएको छ ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]