
Bsn
Gsb
Fmb
Csb
Tgp
Ksb
Rsb
Ppu
Ksb
Ssb
Rks
jsb
Ssb
Nsb
Usb
Ksb

Usb
Hl1
Gsb
Tsb
Ssb

Nps
Rgu
ptl
दाङ । नयाँ पाइला पुर्नस्थापना केन्द्रमा उपचार गराइरहेका उपचारार्थीहरुलाई शुक्रबार कानुनी शिक्षा प्रदान गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमे, बिजौरीमा रहेको केन्द्रमा उपचार गराइरहेका उपचारार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि कानुनी शिक्षा प्रदान गरिएको हो । कार्यक्रममा जिल्ला सरकारी वकिल र जिल्ला अदालत दाङका न्यायधिसले उपचारार्थीलाई कानुनी शिक्षा प्रदान गरेको संस्थाका कार्यकारी निर्देशक सुरेश भुषालले जानकारी दिए ।
त्यस्तै कार्यक्रममा जिल्ला अदालत दाङका प्रमुख तेजनारायण पौडेलले लागूऔषध नियन्त्रणका लागि कानुनी व्यवस्था रहेकाले कानुन विपरितका कार्य गर्न नहुने बताए । उनले लागूऔषध दुर्वेसनले स्वयम् व्यक्ति र समाजमा गम्भीर असर पारिरहेकाले रोकथामका लागि सबैको सक्रियता हुनुपर्ने बताए । उनले युवाहरुमा यसको असर घटाउन जनचेतना कार्यक्रमलाई प्राथमिकता दिन र दोषीमाथि कडा कानुनी कारबाही हुने व्यवस्था रहेको बताए ।
यस्तै जिल्ला सरकारी वकिलको कार्यालय दाङका प्रमुख योगेन्द्रप्रसाद ढुंगेलले लागूऔषधका कारण धेरै युवाहरुको भविष्य अन्धकारमा परेको बताए । उनले लागूऔषध नियन्त्रण ऐनलाई प्रभावकारी बनाउन लागिरहेको बताए । उनले लागूऔषध कुलतमा लाग्दा स्वास्थ्य र समाज दुवैका लागि खतरायुक्त रहेको बताए । जिल्ला अदालत दाङका श्रेष्तादार दामोदर घिमिरेले फौजदारी र देवानी मुद्धाबारे जानकारी गराए । उनले लागूऔषध दुर्वेसन फौजदारी मुद्धामा पर्ने बताए ।
केन्द्रका सल्लाहकार शैलेश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा समुदायमा सरकारी वकिल कार्यक्रम जिल्ला सरकारी कार्यलय दाङ दुवारा नागरिक सम्वाद कार्यक्रममा नयाँ पाइला पुनर्स्थापना केन्द्र सुधार गृहमा रहेका लागू पदार्थ दुर्ब्यशनका उपचारार्थी,पुर्व उपचारार्थी,कर्मचारी,उपचारार्थी अभिभावक,विभिन्न संघ संस्था बिजौरी लगायत आसपास क्षेत्रका जनसमुदाय सहितलाई कानुनी शिक्षा प्रदान गरिएको थियो ।
