Sidha Patra शुक्रबार, पुष ०५, २०८१

दाङ । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भने बसमा सवार ११ जना यात्रु घाइते भएका छन् । बस पनि अनियन्त्रित भइ पल्टिएको छ ।

त्यस्तै मृत्युु हुनेमा मोटरसाइकल चालक स्थानीय ४४ बर्षीय दिलिप केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिए । केसीको उपचारका क्रममा मृत्यु भएको हो । घोराही उपमहानगरपालिका -१० गुर्जेखोलामा तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा १ ख ८१६ नम्बरको बसले बिपरित दिशाबाट आँउदै गरेको रा ५ प ६६५४ नम्बरको मोटरसाईकललाई आज शुक्रवार दिउँसो ठक्कर दिएको हो ।

यस्तै दुर्घटनामा परी बसमा सवार रहेका रोल्पाको त्रिबेणी गाउँपालिका–४ का २८ बर्षीय बीर बहादुर डाँगी, दाङको राप्ती गाउँपालिका–५ बस्ने ३१ बर्षीय प्रेम सुबेदी, तुलसीपुर–१७ बेलझुण्डीका ४५ बर्षीया देवा बिक, तुलसीपुर–१६ की ५४ बर्षीया सिता कुमारी अधिकारी, तुलसीपु–१९ बस्ने ३८ बर्षीया तुलसा खड्का, घोराही–९ बस्ने ६० बर्षीय बल बहादुर डाँगी, घोराही–५ बस्ने २४ बर्षीया साबित्रा बस्नेत, घोराही–३ बस्ने ३४ बर्षीय रामसिंह चौधरी, घोराही–१२ बस्ने ३७ बर्षीय नर बहादुर वली, घोराही–९ बस्ने २२ बर्षीया सिता बिश्वकर्मा र घोराही–१५ बस्ने २४ बर्षीय दिप परियार घाइते भएका छन् । घाइतेहरुको स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको र बस चालक घोराही–१८ फर्सेखालीका ५३ बर्षीय गोपाल बिकलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]