
Gsbg-3
Csbg-7
Jsbg-7
Gsbr-6
Pbu
Msbg-2
ksbl-7
jsbr-3
Usbl-7
Rksr-7


काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ परेका छन् ।
सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ । उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए ।
नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण नबाइदिन आग्रह गरेका थिए । उनीविरुद्ध सहकारी बचत रकम अपचलन अभियोगमा मुद्दा चलिसकेको छ । तर, महान्यायाधिवक्ताको कार्यालयले बैंकिङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा ऋण तिरेको खण्डमा मिलापत्र गर्न सकिने व्यवस्था गरेसँगै उनी पक्राउ परेका हुन् ।
त्यस्तै उनले आफूसँग भएको सम्पत्ति बेचविखन गरेर ऋण तिर्न सक्ने बताएका छन् । उनले आफूसँग ४४ ठाउँमा घरजग्गा रहेको विवरण सार्वजनिक गरेका थिए । उनले केही महिनाअघि सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू र आफ्नो श्रीमतीको नाममा भएको सम्पत्ति बेचेर सबै बचतकर्ताको ऋण तिर्ने बताएका थिए ।
